फिरोजाबाद, 29 अक्टोबर : उत्तर प्रदेशको फिरोजाबादमा रामलीलास्थित काठ बजारमा आइतवार बिहान आगो लाग्दा आतङ्क मचियो। आगोको चपेटमा परेर 100 भन्द धेरै दोहान खरानी भएको छ। विभिन्न जिल्लाहरूबाट आइपुगेको दमकल गाडीहरूले कड़ा परिश्रमपछि आगोलाई नियन्त्रित गरे। यस घटनामा लाखौं रूपियॉंको सम्पत्तिको क्षति भएको छ। भाग्यवश कसैको ज्यानलाई भने हानि भएन।
घटनाको सूचना पाउनसाथ सीओ सिटी कमलेश कुमार र एसपी सिटी पर्वेश कुमार मिश्रा त्यहॉं आइपुगे। यसपछि, जिल्ला अधिकारी डा. उज्जवल कुमार, वरिष्ठ पुलिस अधीक्षक आशीष तिवारी, भाजपा विधायक मनीष असीजा, मेयर कामिनी राठोर पनि घटनास्थलमा आइपुगे। तत्काल टूंडला, शिकोहाबादका साथै छेउछाउका जिल्लाहरूबाट दमकलको गाडीहरू बोलाइयो। घण्टौंको अथक प्रयासपछि आगोलाई नियन्त्रि गरियो। यसपछि प्रशासन र दोकानदारहरूले राहतको सास लिए।
काठ बजारमा लगभग 300 दोकान छन्। यस घटनामा 100 भन्दा धेरै दोकान जलेर खरानी भएको छ। आगो लाग्नुको कारण अहिले स्पष्ट भएको छैन। प्रशासन र पुलिस टीमले आगो लाग्नुको कारणहरू पत्तो लगाउन जॉंच शुरू गरेको छ।
