• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > सिलगडी नेपाली साहित्य संस्थानद्वारा आफ्नो १४औँ स्थापना दिवस पालन
Regional

सिलगडी नेपाली साहित्य संस्थानद्वारा आफ्नो १४औँ स्थापना दिवस पालन

CliQ INDIA
Last updated: December 27, 2025 12:06 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

प्रगतिवादी विचारधाराका साहित्यहरूको रचना र पठन आवश्यक छ: नन्द हाङ्खिम

गान्तोक, 26 दिसम्बर (हि.स.)। शुक्रबारका दिन सालबाडीस्थित प्रज्ञा भवनमा सिलगडी नेपाली साहित्य संस्थानले आफ्नो १४औँ स्थापना दिवस, ९८औँ अगमसिंह गिरी जन्म जयन्ती अनि ७औँ दान खालिङ साहित्य सम्मान कार्यक्रम पालन गऱ्यो। संस्थानका अध्यक्ष डा देवचन्द्र सुब्बाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा दान खालिङका परिवारबाट नओमी खालिङ प्रमुख अतिथि एवम् दान खालिङ साहित्य सम्मान प्रापक वरिष्ठ साहित्यकार नन्द हाङ्खिम विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

संस्थानले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा कवि अगमसिंह गिरीको जन्म जयन्ती पनि पालन गरेको थियो। यस अवसरमा प्रोफेसर डा धनीराज छेत्रीले कवि अगमसिंह गिरीका कविता र समसामयिक सन्दर्भलाई लिएर सारगर्भित वार्ता प्रस्तुत गरे। आफ्नो वार्तामा उनले कवि पीडा र वेदनाका कवि मात्र होइनन् उनी यौवनका कवि, युवा प्रेरणाका कवि, ऊर्जाका कवि हुन् भन्दै गिरीका कविताहरूले पुस्ता पुस्तालाई प्रेरणा दिइरहन्छ भन्ने विचार राखे। कवि गिरीका कवितामा भएको पीडा वास्तवमा हामी सबैको पीडा हो तर व्यक्तिगत पीडाबाट सामाजिक र सामाजिक पीडाबाट जातीय पीडा बनेर नै कवितामा अभिव्यक्त भएको हो भन्ने विचार उनले राखे।

कवि दान खालिङका बारे कवि मोहन ठकुरीले आफ्नो अनुभव एवम् दान खालिङको अनुवाद कलाबारे विचार राखे। उनले कवि स्वयंका कविताहरू अङ्ग्रेजीमा अनुवाद गरेका थिए र त्यो अनुवाद मूल कविताभन्दा पनि स्तरीय थियो भन्ने विचार कवि ठकुरीले राखे।

साहित्यकार नन्द हाङ्खिमले आफ्नो मनतव्य राख्रे क्रममा कवि दान खालिङ स्वयं पनि प्रगातिवादी र प्रगतिशील विचारधाराका कवि थिए र आफू पनि उही धारामा रुचि राख्ने भएकाले यो सम्मान मेरा लागि अमूल्य छ भन्ने विचार राखे। उनले प्रगतिवादी विचारधाराका साहित्यहरूको रचना र पठन आवश्यक छ साथै विश्वमा पुँजीवादी विचारधारा र जीवनशैलीको बढ्दो स्थिति देख्दा प्रगतिवादी साहित्यको अत्यन्तै आवश्यक छ भन्ने विचार पनि साझा गरे।

संस्थानका अध्यक्ष डा देवचन्द्र सुब्बाले कुनै पनि साहित्यिक संस्था वा सामाजिक संस्थाले समाजको विचारधारा र विचार गर्ने प्रक्रियामा परिवर्तन गराउन सक्नु पर्छ भन्ने विचार राख्दै राजनीतिक, सामाजिक, धार्मिक अनि साहित्यिक संस्थाहरूले वर्तमान समाजको सामूहिक चेतनामा जिम्मेवारी र उत्तरदायित्वको बोध गराउन सक्नु पर्छ भन्ने विचार साझा गरे।

कार्यक्रममा बालकलाकार निवृत्ति शर्माले आफ्नो समधुर स्वरमा दुईवटा गीत प्रस्तुत गरेकी थिइन् भने अभिसङ्गी कवि पवित्र लामाले दुईवटा कविता प्रस्तुत/प्रदर्शन गरेकी थिइन्। दान खालिङका परिवार पक्षबाट नओमी खालिङले नगद २० हजार स्मृति चिह्न प्रदान गरिन् भने संस्थानका संरक्षक द्वय डा रन्जी इडेन वाङदी अनि कवि वीर्ख खड्का डुवर्सेलीको बाहुलीबाट प्रशंसा पत्र एवम् अङ्गवस्त्र प्रदान गरे।

कार्यक्रममा महाविद्यालय र विश्वविद्यालयका प्राध्यापकगण, वरिष्ठ साहित्यकार, विद्यार्थी शोधार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

पहलगाम आक्रमणमाथि ममता ब्यनर्जीको टिप्पणीलाई लिएर अमित मालवीयले गरे धारिलो प्रहार, भने- मुर्शिदाबादमा पनि यस्तै भएको छ | BulletsIn
गुरूग्रामः एयर इण्डिया फ्लाइटका सेफ्टी अडिटरलाई पीजीमै मृत भेटियो
प्रधानमन्त्रीको कोलकाता दौड़ाहलाई लिएर ट्राफिक नियन्त्रणमा जुट्यो कोलकाता पुलिस
रुख ढलेर पानीका पाइपहरू क्षतिग्रस्त, राजधानीमा जलापूर्ति प्रभावित
श्रीरामपुरः तृणमूलमा सामेल भए विभिन्न पार्टीका सैकड़ौं कार्यकर्ता

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article देहरादून र गदरपुरमा एक–एक अवैध मजार ध्वस्त, धामी सरकारको अभियान जारी
Next Article प्रिमियर लिग: न्यूक्यासलमाथि १–० को जितसँगै म्यानचेस्टर युनाइटेड पाँचौँ स्थानमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?