हनुमानगढ़, 29 अक्टोबर : राजस्थानको हनुमानगढ़मा मेगा हाइवेमा गए शनिवार राती नौरङ्गदेसर नजिक कार र ट्रोलेको भिड़न्तमा परी कारमा सवार सातजना मानिसहरूको मृत्युसितै दुईजना मानिसहरू घाइते भए। घाइतेहरूको अवस्था गम्भीर छ।
दुर्घटनामा पाँचजना मानिसहरूको दुर्घटनास्थलमै मृत्यु भइसकेको थियो भने चारजनालाई गम्भीर अवस्थामा जिल्ला अस्पतालमा भर्ती गरिएको थियो जहाँ चिकित्सकहरूले दुईजनालाई मृत घोषित गरिदिए। मृतकहरूमा नौरङ्गदेसरका गुरबचन सिंहकी पत्नी, दुई छोरा, दुई बुहारी, एक-एकजना नाता-नातिनी सामेल छन्। यो दुर्घटना यतिसाह्रो भयानक थियो कि कार पूर्ण रूपले क्षतिग्रस्त भएको छ।
एसपी डा. राजीव पचारले बताए, रिट्ज कारमा नानीहरू सहित नौजना सवार थिए। प्राथमिक जानकारी अनुसार नौरङ्गदेसर निवासी गुरबचन सिंह मजबीको परिवार आफ्नो कारमा सवार भएर घरदेखि चार किलोमीटर टाड़ा आदर्श नगर गाउँमा एक बर्थ डे पार्टीमा सामेल भएर फर्किरहेका थिए। यसै क्रममा राती लगभग 10 बजे हनुमानगढ़-सरदारशहर मेगा हाइवेमा पुगेपछि लखूवाली शेरगढ़बीच ओभर स्पीडमा ओभरटेक गरेको कारणले विपरीत दिशाबाट आइरेहको सिमेन्टले भरिएको ट्रोलेसित ठोक्कियो।
दुर्घटनाको सूचना पाएर सीओ सिटी अरविन्द बेरड, टाउन सीआई वेदपाल शिवराण दलबल सहित घटनास्थलमा पुगे। त्यसपछि एसपी डा. राजीव पचार पनि अबेर राती घटनास्थलमा पुगे। ट्रक ड्राइभर लगायत अन्य मानिसहरूले कारभित्र फसेका मानिसहरूलाई बाहिर निकाले।
