इम्फाल,। मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरू अधिनस्थ संवेदनशील तथा दुर्गम क्षेत्रहरूमा गहन छापामारी एवं खोजी अभियान संचालन गरी भारतीय दण्ड संहिताका विभिन्न धाराहरूको उल्लंघन गर्ने 271 जना मानिसहरूलाई हिरासतमा लियो।
पुलिसले आज जानकारी गराए अनुसार आवश्यक वस्तुहरू सहित राष्ट्रिय राजमार्ग- 37 मा 233 वटा तथा राष्ट्रिय राजमार्ग-2 मा 263 वटा वाहनहरूको आवागमन सुनिश्चित गरियो। वाहनहरूको स्वतन्त्र एवं सुरक्षित आवागमन सुनिश्चित गर्नको लागि सबै संवेदनशील क्षेत्रहरूमा सुरक्षाको कड़ा प्रबन्ध गरिएको छ भने व्यापक मात्रामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। यसको साथै राज्यका पार्वतीय एवं उपत्याका दुवै जिल्लाहरूमा 130 नाका अनि जाँच चौकीहरू स्थापना गरिएको पुलिसले बतायो।
