कोलकाता, 02 नोभेम्ब: पूर्व र उत्तर भारतमा नोभेम्बर महिनाको पहिलो हप्ता एकतिर जाडो बढ्न थालेको छ भने अर्कोतिर पश्चिम बंगालमा गङ्गा उल्टो बगिरहेको छ। यहॉं तापक्रममा बढ़ोतरीको क्रम शुरू भएको छ जसकारण हल्का गर्मी बढ्न थालेको छ।
मौसममा आएको यस परिवर्तनका साथै भाइरल बिमारीहरू पनि बढ्न थालेका छन्। मौसम विभागले बिहिवार जारी बयानमा भनेको छ, कोलकातामा न्यूनतम तापक्रम 24.5 डिग्री सेल्सियस छ जुन सामान्यभन्दा दुई डिग्री धेर हो। अधिकतम तापक्रम पनि सामान्यभन्दा एक डिग्री धेर 32.4 डिग्री रेकर्ड गरिएको छ।
राज्यमा गत पन्ध्र दिनदेखि पानी परेको छैन र पानी पर्ने सम्भावना पनि छैन। मौसम विभागले आकाश सफा रहने र दिउॅंसो घॉंम लाग्ने बताएको छ, जसकारण गर्मी महसुस हुनेछ।
बंगालमा दुर्गा पूजा समाप्त हुनसाथ जाडो बढ्ने संकेत देखिएको थियो। तर, अचानक मौसममा परिवर्तन र गर्मीले राज्यका मानिसहरूको स्वास्थ्यमा प्रभाव पर्न थालेको छ। सरकारी अस्पतालहरूमा बिरामीहरूको संख्या बढ्न थालेका छन्।
यद्यपि, उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, दार्जीलिङ, जलपाइगढी र कालेबुङमा भने हल्का जाडो बढ्न थालेको छ।
