नयाँ दिल्ली, 02 नोभेम्बर : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज (बिहीवार) प्रवर्तन निदेशालय (ईडी) समक्ष पेश हुने छैनन्। ईडीले केरजीवाललाई दिल्ली आबकारी नीति घोटाला मामिलामा आज पेश हुनुपर्ने समन जारी गरेको थियो।
सूत्र अनुसार आम आदमी पार्टीका राष्ट्रिय संयोजक औ मुख्यमन्त्री अरविन्द केजरीवालले ईडीलाई जवाफ दिएका छन्। उनले जाँच एजेन्सीलाई पत्राचार गरी उसको समनलाई राजनीतिद्वारा प्रेरित औ गैरकानूनी बताउँदै यसलाई फिर्ता लिने माग गरेका छन्।
उल्लेखनीय छ, केन्द्रिय जाँच एजेन्सी ईडीले दिल्ली आबकारी नीति घोटालामा मनिलन्ड्रिङ्गसित सम्बन्धित मामिलाको जाँच गरिरहेको छ। चर्चा छ, ईडीले केजरीवाललाई समन जारी गर्नअघि धेरैवटा प्रमाणहरू जुटाएको छ। यसै मामिलामा जाँच एजेन्सीले दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद संजय सिंहलाई पहिला नै पक्राउ गरिसकेको छ भने केजरीवालको पेशीपूर्व दिल्ली सरकारका अर्का मन्त्री राजकुमार आनन्दको ठेगानामा पनि छापामारीको कारबाही गरेको छ।
