गान्तोक, 01 नोभेम्बर : नेपालमा भर्खरै सम्पन्न एशिया बडीबिल्डिङ च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेकी सिक्किमकी निमा डोमा तामाङसँग मुख्यमन्त्री प्रेमसिंह तामाङले भेट गरी अन्तरक्रिया गरेका छन्। सुश्री तामाङ लगायत सबिना राई र अनिता छेत्रीले दक्षिण कोरियामा हुन लागिरहेको वर्ल्ड बडीबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी बन्ने छन्।
मुख्यमन्त्रीले टोलीलाई शुभकामना दिँदै आफ्नो समर्पित प्रयासलाई निरन्तरता दिँदै विश्व स्तरमा थप उपलब्धि हासिल गर्न प्रयासरत रहन आह्वान गरे।
