गान्तोक, 17 अक्टोबर (हि.स.)। सिक्किम स्टेट सिविल सर्विस अफिसर्स एसोसिएशन (एसएससीएसओए) ले मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा 3 लाख 50 हजार रूपियॉं प्रदान गरेको छ। संघका अध्यक्ष दुष्यन्त परियारको अगुवाईमा गएको कार्यकारी सदस्यहरूको टोलीले सोमवार मुख्यमन्त्री कार्यालयका सचिवलाई चेक हस्तान्तरण गरेको बताइएको छ।
हिन्दुस्थान समाचार/बिशाल
