कोलकाता, 29 जनवरी : महानगर कोलकाता सहित राज्यका अन्य भागहरूमा अहिलेघरि जाड़ोदेखि राहत पाइने आशा छैन। मौसम विभागद्वारा जारी बयानमा उल्लेख गरिएको छ, सप्ताहको पहिलो दिन तापमानमा ह्रास दर्ता गरिएको छ। न्यूनतम तापमान सामान्यदेखि एक डिग्री कम 13.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने अधिकतम तापमान सामान्यदेखि तीन डिग्री कम 23.7 डिग्री सेल्सियस छ।
कोलकाता अतिरिक्त हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा समेत मुर्शिदाबाद औ मालदामा न्यूनतम तापमान 10 डिग्री सेल्सियस नजिक कायम छ जसकारण अहिले पनि कठ्याङ्ग्रिने जाड़ो भइरहेको छ।
मौसम विभागले स्पष्ट रूपमा भनेको छ, जनवरी महिनापछि तापमानमा सामान्य वृद्धि आउनसक्छ, तर अहिलेघरि भने जाड़ोदेखि राहत पाइने छैन। यसरी नै उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ र कालेबुङमा पनि यस्तै मौसम रहनेछ।
