सिलगढ़ी, 8 अगस्त (हि.स)। चार वर्षीय छोरासितै घरबाट निक्लेकी गृहणी रहस्मय ढंगमा बेपत्ता भएकी छन्। तीन दिनपछि पनि उनीहरूको कुनै पत्तो नलागेपछि परिवार अनि आफन्त चिन्तित भएका छन्। बेपत्ता गृहणीको नाम बनिका राय (21) हो जो राजगञ्ज ब्लकको मंतादारी ग्राम पञ्चायतको उत्तर मंतादारी क्षेत्रकी निवासी हुन्। अन्ततः परिवारले भोरेर आलो थानामा बेपत्ताको लिखित सिकायत दर्ता गरायो। पुलिसले सिकायतको आधारमा गृहणीलाई खोज्न शुरू गरेको छ।
पारिवारिक सूत्र अनुसार बनिकालाई केही दिनपूर्व कुकुरले टोकेको थियो। त्यसैले तिनी गत मंगलवार बिहान 11 बजी आफ्नो चार वर्षीय छोरालाई लिएर राजगञ्ज ग्रामीण अस्पताल जान हिँड़ेकी थिइन्। साँझदेखि रात पऱ्यो, तर तिनी घर फर्किन। त्यसपछि परिवारका सदस्यहरूले विभिन्न आफन्तहरूको घरमा तिनलाई खोज्न शुरू गरे, तर कतै पत्तो लागेन। त्यसपछि चिन्तित परिवारको पक्षबाट गए बिहीवार राती भोरेर आलो थानामा बेपत्ता भएको लिखित सिकायत दर्ता गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
