
नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट ग्लोबल म्यारीटाइम इण्डिया समिट (जीएमआईएस) 2023 -को तेस्रो संस्करणको उद्घाटन गरे। प्रधानमन्त्रीले उद्घाटन गरेपछि मुम्बईको एमएमआरडी मैदानमा आयोजित तीन दिवसीय शिखर सम्मेलन आजदेखि शुरू भयो।
यस अवसरमा प्रधानमन्त्रीले भारतीय समुद्री नीलो अर्थव्यवस्थाको लागि दीर्घकालिक रोडम्याप ”अमृत काल भिजन- 2047”- को अनावरण गरे। यो रोडम्यापले बन्दरगाह सुविधाहरूलाई बढ़ाउने, दिगो कार्यप्रणालीहरूलाई बढ़ाउने अनि अन्तरराष्ट्रिय सहयोगलाई सुविधाजनक बनाउने उद्देश्यले रणनीतिक पहलको रूपरेखा तयार गर्दछ। यस अत्याधुनिक योजना अनुरूप प्रधानमन्त्रीले 23,000 करोड़ रुपियाँभन्दगा अधिकका परियोजनाहरूको उद्घाटन, राष्ट्रलाई समर्पित अनि शिलान्यास गरे।
प्रधानमन्त्रीले गुजरातको दीनदयाल बन्दरगाह प्राधिकरणमा 4,500 करोड़ रुपियाँभन्दा अधिकको लागतमा निर्माण हुने टुने टेकरा अल वेदर डीप ड्राफ्ट टर्मिनलको आधारशिला पनि राखे। कार्यक्रम अवधि प्रधानमन्त्रीले समुद्री क्षेत्रमा वैश्विक औ राष्ट्रिय साझेदारीको लागि सात लाख करोड़भन्दा अधिकको 300 भन्दा अधिक समझौता ज्ञापन (एमओयू) पनि समर्पित गरे।
हिन्दुस्थान समाचार/उष्णता
