सिलगढ़ी, 14 नोभेम्बर : नक्सलबाड़ीको लालजी जोत क्षेत्रबाट मंगलवार एक अज्ञात व्यक्तिको शव भेटिएपछि क्षेत्रमा सनसनी फैलियो।
प्राप्त जानकारी अनुसार, आज स्थानीय मानिसहरूले उक्त व्यक्तिको शव क्षेत्रमा देखे। यसको सूचना नक्सलबाड़ी थाना पुलिसलाई दिइयो। सूचना पाएर पुलिस घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो। नक्सलबाड़ी थाना पुलिस शवको पहिचान गर्नमा जुटेको छ।
