कोलकाता, 12 फरवरी: बलीवुडका दिग्गज अभिनेता औ भाजपा नेता 73 वर्षीय मिथुन चक्रवर्ती अब स्वस्थ भएका छन्। अपोलो अस्पतालका एकजना अधिकारीले सोमवार लगभग 10:00 बजे बताए, उनको स्वास्थ्यमा अपेक्षित सुधार भएको छ र अब उनलाई अस्पतालमा राख्ने आवश्यकता छैन। उनले बताए, आज नै उनलाई छुट्टी दिइनेछ। यद्पयि हाल उनलाई शुटिंग गर्नदेखि रोकिएको छ। घरमै विश्राम गर्ने सल्लाह दिइएको छ।
गत शनिवार तृणमूल विधायक औ बंगला फिल्मका अभिनेता शोहमको एक फिल्मको शुटिंग अवधि छात्तीमा व्यथा र स्ट्रक भएपछि उनलाई अपोलो अस्पतालमा भर्ती गरिएको थियो। गए आतवार प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदारले उनीसित भेट गरेका थिए। अब सोमवार अस्पताल पक्षबाट बताएको छ, हाल उनको शरीर सम्पूर्ण वाइटल्स नर्मल भएको छ र केही दिनसम्म औषधि सेवन गर्नुपर्छ। उनलाई विश्रामको आवश्यकता छ। हप्ता-दश दिनपछि उनले सबै काम गर्न सक्नेछन्। उल्लेख्य, गए आइतवार प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मिथुन चक्रवर्तीसित फोनमा बातचित गरेका थिए।
