दरङ, 14 नोभेम्बर : राज्यको सतर्कता एवं भ्रष्टाचार निरोधक निदेशालयमा दलगाउॅं थानाका हेड कन्स्टेबल सफेद अलीले पैसा मागेको शिकायत प्राप्त भएको थियो। एक मामिलामा शिकायतकर्तालाई राहत दिनका लागि शिकायतकर्तासॅंग 20 हजार रूपियॉं घुस मागिएको थियो।
घुस दिन नमानेपछि शिकायतकर्ताले उपरोक्त लोक सेवक विरूद्ध आवश्यक कानूनी कारबाहीको निम्ति निदेशालयमा सम्पर्क गरे। सोही अनुरूप, निदेशालयको एक टीमले जाल बिछाएर हेड कन्स्टेबल सफेद अलीलाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ।
उनले लगाउॅंको स्थानीय एउटा होटलमा शिकायतकर्तासॅंग घुसको रूपमा चार हजार रूपियॉं लिएका थिए। घुस लिएपछि तत्काल उसलाई पक्राउ गरियो। घुसको पैसा स्वतन्त्र साक्षीहरूको उपस्थितमा जफत गरियो। आरोपित लोक सेवक विरूद्ध भ्रष्टाचार निवारण अधिनियम, 1988 (2018 मा संशोधित) को धारा 7 (ए) अन्तर्गत मामिला दर्ता गरेर कारबाही शुरू गरिएको छ।
