– राहुलको ”मेड-इन-चाइना” बयानमाथि मोदीको प्रत्याक्रमण, भने- कुन दुनियाँमा बस्छन् मूर्खहरूको सरदार
भोपाल, 14 नोभेम्बर : प्रधानमन्त्री नरेन्द्र मोदीले राहुल गान्धीको ”मेड इन चाइना” बयानमाथि प्रत्याक्रमण गर्दै भने, ”कङ्ग्रेसका एक महाज्ञानीले भनिरहेका थिए कि भारतसित ”मेड इन चाइना” मोबाइल फोन छ। अरे, मूर्खहरूको सरदार, कुन दुनियाँमा बस्छन् हौ मानिसहरू? कङ्ग्रेस नेताहरूलाई देशको उपलब्धि नदेख्ने रोगले छोएको छ। आज भारत विश्वमै मोबाइल फोनको सबैभन्दा ठूलो निर्माता हो। कङ्ग्रेसको पालोमा 20 हजार करोड़ रुपियाँको भन्दा कम मोबाइल फोन निर्माण हुन्थ्यो। आज भारतमा साढ़े तीन लाख करोड़ रुपियाँको मोबाइल फोन निर्माण भइरहेको छ। लगभग एक लाख करोड़ रुपियाँको मोबाइल त भारतले निर्यात गर्छ। यसपालि दीपावलीमा रेकर्ड तोड़ियो। दीपावलीमा देशवासीहरूले लगभक चार लाख करोड़ रुपियाँको भारतीय उत्पादहरू खरिद गरे।
प्रधानमन्त्री मोदीले मङ्गलवार मप्रको बैतूल जिल्लामा चुनावी सभालाई सम्बोधन गर्दै भने, आगामी 17 नोभेम्बरमा इतिहास रच्नका लागि मानिसहरू घरदेखि निक्लिनेछन्। यो मप्रको विकासलाई डबल इन्जिनको गति दिने चुनाउ हो। हामीलाई रिपोर्ट प्राप्त भएको छ कि कङ्ग्रेसले हार मानेर आफूलाई भगवनको भरोसमा छोड़ेको छ। कङ्ग्रेसका पुराना मानिसहरूलाई देखिएकै छैन। कङ्ग्रेसले स्वीकार गरिसकेको छ कि मोदीको ग्यारण्टी समक्ष कङ्ग्रेसको झूटो वाचा एक क्षण पनि टिक्न सक्दैन। सारा दुनियाँले मानिसहरूको छ कि मोदीको ग्यारण्टीको अर्थ ग्यारण्टी पूरा हुने ग्यारण्टी हो।
मोदीले भने, कङ्ग्रेसका नेताहरू पराजित हुने डरले आत्तिएका छन्। अब यिनीहरूले अधिकारी अनि कर्मचारीहरूलाई डर देखाउन, धम्काउन शुरू गरेका छन्। मध्यप्रदेशका अधिकारी-कर्मचारीहरू डराउने आवश्यक्ता छैन। तपाईहरू स्वतन्त्र भएर काम गर्नुहोस्। तीन दिसम्बरपछि पनि मध्यप्रदेशमा भाजपाको सरकार हुनेछ। यी नेताहरूको आफ्नै ग्यारण्टी छैन। यिनीहरूले मसित घृणा यसकारणले गर्दछन् किनभने मोदीले यिनीहरूको ठूलृ-ठूलो घोटालामा रोक लगाइदिएको छ।
प्रधानमन्त्रीले भने, गरीब कल्याणको लागि भाजपा सबैभन्दा अग्रपंक्तिमा छ। गरीबको आवश्यक्ता के हुन्छ त्यो मैले राम्ररी बुझिरहेको छु। कङ्ग्रेसले आदिवासीहरूलाई स्कूल, पानी जस्ता आधारभूत सुविधाहरूदेखि समेत वञ्चित राख्यो। यिनीहरूले आफूले दिएको वाचा पनि पूरा गर्दैनन्। ऋण माफी गर्ने वाचा गरेर डेढ़ वर्षसम्म किसानहरूलाई घुमाइरहे। अर्कोतिर भाजपा छ जसले जे भन्छ त्यो गरेर देखाउँछ। हामीले आदिवासी महिलालाई राष्ट्रपति बनाउँछौ भनेर कतै लेखेका थियौं र! हामीले अवसर पाउनेसाथ हाम्रो मनमा तपाईहरूप्रति भएको आफ्नो प्रेमलाई उजागार गऱ्यौं। यो भाजपा नै हो जसले आदिवासी स्वतन्त्रता सेनानीहरूको लागि ठाउँ-ठाउँमा स्मारकहरू बनाएको छ। सारा देशले भगवान बिरसा मुण्डाको जन्म दिवसलाई आदिवासी गौरव दिवसको रूपमा मनाइरहेको छ।
