कोलकाता, 23 फरवरी : सन्देशखालीका भगौड़ा तृणमूल नेता शाहजहाँ शेखसित सम्बन्धित एक ठेगानामा फेरि ईडीले छापा मारेको छ। शुक्रवार ईडीले आयात-नियात व्यवसायसित सम्बन्धित एक मामिलाको आधारमा शाहजहाँका निकटवर्ती व्यापारीहरूको घरमा खानतलासी गरेको छ। केन्द्रिय जाँच एजेन्सीका अधिकारीहरूले हावड़ा, कोलकाता, उत्तर 24 परगना सहित छःवटा स्थानमा कारबाही गरिरहेको छ।
ईडी अधिकारी अनुसार उनीहरूले आयात-निर्यात व्यवसायमा अनियमिततालाई लिएर अर्को नयाँ ईसीआईआर वा सिकायत दर्ता गराएका छन्। त्यै आधारमा जाँच शुरू गरिएको हो। ईडी अधिकारीहरूले प्रमोटिंग वा आयात-निर्यावत व्यवसायमा निवेश गरिएको छ-छैन त्यसको जाँच गरिरहेका छन्। यो पनि जाँच भइरहेको छ, माछा वा अन्य वस्तुहरू सीमा पारि निर्यात गरिएको थियो कि थिएन।
शुक्रवार बिहान लगभग सात बजे ईडीका अधिकारीहरूले हावड़ाको हलदरपाड़ा अनि कोलकाताको विजयगढ़स्थित एक ठेगानामा खानतलासी शुरू गरे। यस अतिरिक्त अन्य चार स्थानहरूमा पनि खोजी भइरहेको छ। ईडी अधिकारीहरूसित केन्द्रिय बलहरू पनि छन्।
हावड़ाको हलदरपाड़ामा पार्थप्रतिम सेनगुप्ता नामक व्यापारीको घरमा खानतलासी गरियो। स्थानीय सूत्र अनुसार यी बुजुर्ग व्यापारी माछा व्यापारसित सम्बन्धित छन्। विजयगढ़मा अरूप सोम नामक व्यापारीको घरमा छापा मारियो। केन्द्रिय जाँच एजेन्सीको सूत्र मुताविक शाहजहाँ यी व्यापारीहरूको सम्पर्कमा थिए। यी व्यापारी व्यापारी मुख्यतः आयात-निर्यातको व्यवसायमा संलग्न छन्।
