कोलकाता, 16 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा सत्तारूढ़ तृणमूल कंग्रेसकी बहुचर्चित सांसद महुआ मोइत्राको कठिनाई बढ़्नसक्छ। गए आइतवार सांसद महुआविरूद्ध दुईवटा पत्र लेखिएको छ।
भाजपा सांसद निशिकान्त दुबेले लोकसभा अध्यक्ष औ अधिवक्ता अनन्त देहादरीले सीबीआई निदेशकलाई पत्र पठाएका छन् जसमा आरोप लगाइएको छ, महुआ मोइत्राले देशका चर्चित व्यवसायी दर्शन हीरानन्दानीबाट करोड़ौं रुपियाँ लिइन् र लोकसभामा अडानी समूहविरूद्ध प्रश्न सोधिन्। सीबीआईसित महुआ मोइत्राविरूद्ध तत्काल जाँच गर्ने माग गरिएको छ। लोकसभा अध्यक्षलाई पठाइएको पत्रमा महुआको सदस्यता रद्द गर्ने माग गरिएको छ। पत्रमा दाबी गरिएको छ, अडानी समूहविरूद्ध आधारहीन कुरा गर्नका साथै यस प्रकरणसित प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई जोड़ियो ताकि उद्योगपतिलाई बदनाम गर्न सकियोस्।
सीबीआईका एकजना अधिकारीले सोमवार बताए, पत्र प्राप्त भएको छ। सम्बन्धित तथ्यहरूलाई नियालिँदैछ। पत्रमा अन्य केही कागज-पत्रहरू पनि सामेल छन्। सत्यतालाई नियालिसकेपछि जाँच शुरू गर्न सकिन्छ। यस सन्दर्भमा महुआ मोइत्राको भनाइ छ, उनी कुनै पनि प्रकारको जाँचको सामना गर्नका लागि तयार छन्। अडानी समूह र भाजपाल उनीविरूद्ध षड़यन्त्र रचिरहेको छ।
उल्लेखनीय छ, निशिकान्त दुबेले पत्रमा उल्लेख गरे अनुसार वर्ष 2005- को 12 दिसम्बरमा 14औं लोकसभाको बेलामा पनि यसरी नै घूस लिएर लोकसभामा प्रश्न उठाएको आरोप लागेको थियो। त्यसबेला तत्कालीन अध्यक्षले जाँच समिति गठन गरेका थिए। जाँच शुरू भएको 23 दिनभित्रै लोकसभाका दशजना सदस्यहरूलाई सस्पेन्ड गरिएको थियो। त्यसरी नै महुआ मोइत्राविरूद्ध पनि जाँच शुरू हुनुपर्छ।
हिन्दुस्थान समाचार/उष्णता
