इम्फाल, । सुरक्षाकर्मीहरूले अपहृत भारतीय सेनाका जुनियर कमिशण्ड अफिसर (जेसीओ) कनसाम खेड़ा सिंहलाई सकुशल बचाए। विश्वसनीय सूत्रले बताए अनुसार उनलाई गए शुक्रवार राती थौबल जिल्लाको एक क्षेत्रबाट बचाइयो।
सकुशल बचाएपछि जेसीओ कनसाम खेड़ा सिंहलाई थौबल जिल्ला (काकचिंग निकट) अन्तर्गत वाइखोंग पुलिस स्टेशनमा ल्याइयो। पुलिसले उनको अपहरणसित सम्बन्धित घटनाको जाँच गरिरहेको बताइएको छ। सूत्रले भन्यो, सबै केद्रिय सुरक्षा एजेन्सीहरूको एक समन्वित दलले जेसीओ खेड़ा सिंहलाई सुरक्षित बचाउनका लागि अभियान संचालन गऱ्यो। अन्ततः संयुक्त बलहरूले हिजो रातीसम्ममा उनलाई सुरक्षित बचाए।
ज्ञात रहोस्, थौबल जिल्लाको सरंगपाट ममांग लेकाई निवासी भारतीय सेनाका जुनियर कमिशण्ड अफिसर (जेसीओ) कनसाम खेड़ा सिंह छुट्टीमा घर आएका थिए। गए शुक्रवार बिहान लगभग 9 बजे केही उपद्रवीहरूले उनको घरमा आएर उनलाई कारमा बसाएर कतै लगेका थिए।
अपहरणको कारण अहिलेसम्म थाहा लाग्न सकेको छैन। यद्यपि प्रारम्भिक जाँचमा पुलिसको मान्यता छ, सैन्य अधिकारीलाई अहरण गर्नुको प्रमुख कारण रंगदारी हो। किनभने पछिल्लो समयदेखिकै जेसीओ सिंहको परिवारमाथि केही अज्ञात उपद्रवीहरूले ठूलो रकम दिने मागमा चाप दिँदै आइरहेका थिए। पुलिस सूत्र मुताविक उपद्रवीहरूले उनीहरूको माग पूरा नगरिए गम्भीर परिणाम भोग्न तयार हुने धम्की समेत दिएका थिए।
