नयाँ दिल्ली, 30 जनवरी (हि.स.)। बितेको राती साकेत कोर्ट परिसरको आठ तलाबाट हाम फालेर एकजना उकिलले आत्महत्या गरे। उकिलको पहिचान ओम शर्माको रूपमा भएको छ। यूचना पाउनसाथ साकेत थानाको टीम घटनास्थलमा पुग्यो। यो कुनै दुर्घटना हो वा आत्महत्या, त्यस बारे पत्तो लगाउन दिल्ली पुलिस जाँच कार्यमा जुटिसकेको छ।
डीसीपी अङ्कित चौहानले घटनाको पुष्टि गरेका छन्। उनले भने, जाँचको क्रममा मानिसहरूसित सोध्दा थाहा लागेको छ कि ओम प्रकाश लिभर सम्बन्धि रोगसित पछिल्लो दुई वर्षदेखिकै जुझ्दै आइरहेका थिए। तिनी अस्पतालबाट साकेत कोर्टमा आप्नी पत्नीसित पुगेका थिए। पत्नीलाई गेटमा छोड़ेर तिनी भित्र उकिलको च्याम्बर भएको बिल्डिङ्गमा पुगे, त्यसपछि तिनले आत्महत्या गरे। ओम शर्माले आत्महत्या गरेको कुरा तिनकी पत्नीले आधा घण्टापछि मात्र थाहा पाइन्। पुलिसलाई सुसाइड नोट पनि प्राप्त भएको छ।
उकिलसित काम गर्ने काबुलले बताए, तिनी लिभरको समस्याले विगत लामो समयदेखिकै ग्रस्त थिए। आज तिनी बसन्त कुञ्जको लिभर हस्पिटलबाट डिस्चार्ज भएर आफ्नो परिवारसितै साकेत कोर्टमा आएका थिए। तिनले आफ्नी पत्नीलाई भने, कसैलाई पैसा दिनुछ। सबैलाई गाड़ीमा छोड़ेर तिनी मात्र भित्र गएका थिए।
