
कोलकाता, । महानगर कोलकाता समेत राज्यका अन्य भागहरूमा राती चिसो बढ़ेको छ। यसको प्रमुख कारण राज्यसित गाँसिएका हिमाली क्षेत्रहरूमा हिमपात हुनु हो। हिमालयको चिसो हावा समतल क्षेत्रहरूमा बगिरहेको छ।
अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयद्वारा शनिवार जारी बयानमा उल्लेख गरिएको छ, कोलकातामा न्यूनतम तापमान 19.5 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा दुई डिग्री कम हो। यहाँको अधिकतम तापमान सामान्यभन्दा दुई डिग्री कम 31.1 डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
कोलकाता अतिरिक्त हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा, मुर्शिदाबाद, झाड़ग्राम आदि जिल्लाहरूमा पनि तापमान 18-देखि 28 डिग्री सेल्सियसबीच कायम छ। यसले गर्दा दिउँसो गर्मी महसूस भए पनि साँझ ढल्नसाथ चिसो महसूस हुन थालेको छ।
मौसम विभाग अनुसार आगामी सातादेखि राज्यका केही भागहरूमा सामान्य वर्षा भए पनि तापमान बढ़्ने क्रम शुरू हुनेछ। उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ औ कालिबुङको मौसममा भने सामान्य चिसो यथावत छ।
