खरसाङ, 16 फरवरी : तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा हिल क्रिकेट टुर्नामेन्ट शुरु हुने भएको छ। उक्त क्रिकेट टुर्नामेन्ट नवज्योति संघ चुनभट्टीको आयोजनामा हुनेछ।
नवज्योति संघ चुनभट्टीको पक्षमा पत्रकार सम्मेलन बोलाएर रञ्जित थापाले तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा आगामी 27 फरवरीदेखि जीटीए क्षेत्रभरिका लागि हिल क्रिकेट टुर्नामेन्ट आयोजना गरिने बताए। उनले 22 फरवरीसम्ममा टीमले नाम दर्ता गराउनु पर्ने र यसका लागि 5 हजार शुल्क भुक्तान गर्नुपर्ने बताए।
उनले यस हिल क्रिकेट टुर्नामेन्टको विजेतालाई ट्रफीसहित पचास हजार अनि उप विजेतालाई पच्चीस हजार प्रदान गरिने जानकारी गराएका छन्। पत्रकार सम्मेलनमा नवज्योति संघ चुनभट्टीका सभापति मनोहर थापा र अन्यहरू पनि उपस्थित रहेका थिए।
