नयाँ दिल्ली, 16 फरवरी : नयाँ दिल्ली नगरपालिका परिषद् (एनडीएमसी)- का अध्यक्ष अमित यादव औ नीदरल्याण्डकी राजदूत मारिसा गेरार्ड्सले आज ट्यूलिप वकमा भाग लिइन् अनि शान्ति पथको राउण्डअबाउट क्रसिंग, चाणक्यपुरी नयाँ दिल्लीमा ट्यूलिप प्रदर्शनीको भ्रमण गरिन्।
यस अवसरमा मारिसा गेरार्ड्सले भनिन्, नीदरल्याण्ड दूतावास एनडीएमसी-ट्यूलिप महोत्सवमा योगदान दिन पाएकोमा आभारी छ। ट्यूलिपको यो सुन्दर प्रदर्शनले वर्ष 2022-मा सम्पन्न नीदरल्याण्डको राजकीय यात्राको स्मरण गराएको छ जतिबेला हाम्रो देशमाझ दुईपक्षीय सम्बन्ध अनि मित्रताको 75 वर्ष पूरा भएको अवसरमा पूर्व राष्ट्रपति रामनाथ कोविंदले ट्यूलिप मैत्री-लाई नयाँ आयाम दिएका थिए।
ट्यूलिपको क्यारियमा घुम्नुको आऩन्द लिनु अनि सेल्फी लिने आगन्तुकहरूको अत्यधिक खुसी देखेर राम्रो लाग्यो। चांड़ै नै नीदरल्याण्डमा पनि ट्यूलिप फूल्नेछ। यो ट्यूलिप क्षेत्र एक समयमा बलीवुड फिल्म सिलसिला- को लोकप्रिय गीतको पृष्ठभूमि थियो जुन हाम्रो दुई देशमाझको सम्बन्धको एउटा सुन्दर प्रतीक हो।
एनडीएमसीका अध्यक्ष अमित यादवलेबताए, एनडीएमसीले वसन्त ऋतुमा एऩडीएमसी क्षेत्रमा फूल्ने दुई लाख ट्यूलिपसित आफ्नो ट्यूलिप उत्सवको दोस्रो संस्करणको आयोजना गरिरहेको छ। यो ट्यूलिप विभिन्न प्रकारका अनि विभिन्न रंगहरूका छन् जसलाई हल्याण्डबाट मगाइएको हो। ट्यूलिपले आफ्नो सुन्दरताको प्रदर्शन गरिरहेको छ अनि एनडीएमसी क्षेत्रमा एनडीएमसीका हरियालीपूर्ण स्थानहरूलाई मनोरम परिदृश्यमा परिवर्तन गरिरहेको छ।
