कोलकाता, । पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीको स्वास्थ्य अवस्था स्थिर छ औ स्वास्थ्य सम्बन्धी उनको सबै प्यारामीटर सामान्य छ। राज्य संचालित एसएसकेएम अस्पतालका चिकित्सकले शुक्रवार राती कालीघाटस्थित मुख्यमन्त्रीको आवासमा उनको गहन जाँच गरेपछि सो जानकारी दिए।
शनिवार बिहान एसएसकेएम अस्पतालका चिकित्सकले बताए, चोट लागेको कारणले 69 वर्षीय ममता ब्यनर्जीलाई भइरहेको व्यथा अब कम भएको छ। एसएसकेएमका चिकित्सकहरूको तीन-सदस्यीय टीमले लगातार उनको स्थितिको जाँच उनकै आवासमा गरिरहेको छ। एक वरिष्ठ चिकित्सकले बताए, ‘‘उनको स्वास्थ्य स्थिर छ, अब उनी निको भइरहेकी छन्। उनको सबै प्यारामीटर ठीक भइरहेको छ। उनको सबै प्यारामीटर ठीक छ र चोटको कारणले हुने व्यथा कम भएको छ।’’
गत बिहीवार राती तृणमूल प्रमुख ब्यनर्जी कालीघाटस्थित आफ्नो आवासमा लड़ेकी थिइन् जसले गर्दा उनको टाउको र नाकमा गम्भीर चोट लागेको थियो। एसएसकेएम अस्पतालका अधीक्षक मणिमय बन्दोपाध्यायले दाबी गरेका थिए, ममता ब्यनर्जीलाई पछिबाट धक्का लागेको थियो। यद्यपि पछि उनले यस सम्बन्धमा स्पष्टिकरण दिएका थिए। तथापि पुलिसको एसआईटी यस मामिलाको जाँचमा जुटेको छ।
