गान्तोक, : सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी (एसडीएफ) का एक वरिष्ठ नेता तथा सिक्किम विधानसभाका पूर्व अध्यक्ष केएन राईमाथि प्राणघातक हमला भएको छ। उनी लगायत एसडीएफ पार्टीका अन्य नेताहरूमाथि पनि हमला भएको बताइएको छ।
एसडीएफ पार्टीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार, ‘मल्लीको माझी गाउॅंमा आज दिउॅंसो लगभग 2ः30 बजी एसकेएम पार्टीका केही कार्यकर्ताहरूले एसडीएफ पार्टीका वरिष्ठ नेता एवं सिक्किम विधानसभाका पूर्व अध्यक्ष केएन राई र डा. शिवकुमार तिम्सिनामाथि प्राणघातक हमला गरे।’
एसडीएफ पार्टीले यस जघन्य अपराधको घोर भत्सर्ना जनाउॅंदै अपराधीहरूलाई तत्काल पक्राउ गर्न माग गरेको छ। यो घटनाले सिक्किममा लोकतन्त्र नरहेको र कानूनको शासन धरासायी बनेको स्पष्ट भएको एसडीएफले प्रेस विज्ञप्तिमा बताएको छ।
