जम्मू, 02 मार्च : रातभरि पानी परेको कारण जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा रामबनमा पैह्रो गएको छ। यसले गर्दा शनिवार राजमार्गलाई यातायातको निम्ति बन्द गरियो। रामबन जिल्लाको मेहद केफेटेरियामा पैह्रो गएको कारण राजमार्ग स्थित पहाड़हरूबाट भारी मात्रामा ढुंगा-मुड़ा मार्गमा फैलेको छ। यसले गर्दा राजमार्ग अवरूद्ध भएको छ।
लगातार पानी परिरहेको कारण मार्गलाई सफा गर्नमा बाधा पुगिरहेछ। यातायात अधिकारीहरूले मानिसहरूलाई यात्रा गर्नअघि यातायात कन्ट्रोल रूमसित जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गको ताजा स्थितिको जानकारी हासिल गरेपछि मात्र आफ्नो यात्रा शुरू गर्ने सुझाउ दिएका छन्। यसबीच भारी हिमपात भएको कारण श्रीनगर-लेह, मुगल रोड, सिन्थन-किश्तवाड़, बान्दीपोरा-गुरेज र कुपवाड़ा-तंगधार सड़कहरू पनि अवरूध भएका छन्।
