नगाउँ (असम): नगाउँ जिल्लान्तर्गत रांगलुको काठियातलीमा पुलिसले खोजी अभियान संचालन गरी मादक पदार्थ जफत गरेको छ। पुलिस सूत्रले आज बताएको छ, एक गोप्य सूचनाको आधारमा गएको राती खोजी अभियान संचालन गरियो र यसै अभियानको क्रममा तीनजना तस्करहरूलाई भारी मात्रामा मादक पदार्थसितै पक्राउ गरियो।
पुलिस सूत्रले बताएको छ, रंगलुको एक पेट्रोल पम्पमा राखिएको टाटा मोबाइल वाहन (एएस-11ईसी-4856)- बाट ड्रग्सले भरिएको नौवटा साबुनदानीलाई जफत गरियो। पक्रा परेका तस्करहरूको पहिचान कछार जिल्ला निवासी इकबाल आलम बोरभुइयाँ, मणिपुरका जोन केनाइड सोनगेट र मिजोरमका लालुन टोलुंगाको रूपमा गरिएको छ। सूचना पाउनसाथ नगाउँ पुलिसका वरिष्ठ अधिकारीहरूले घटनास्थलमा पुगेर जाँच शुरू गरेका छन्। पुलिसले यस सम्बन्धमा प्राथमिकी पनि दर्ता गरेको छ।
