अलिपुरद्वार, 07 फरवरी। बक्सा टाइगर प्रोजेक्टको राजाभातखावा जंगलमा बुधवार 52 वटा चीतल हिरणलाई छोड़िएको छ। वन विभाग अनुसार पछिल्लो तीन वर्षभित्रमा सयकड़ौं चीतल हिरणहरूलाई बक्सा जंगलमा छोड़िसकिएको छ।
विभागीय सूत्र अनुसार बाघहरूको भोजन आपूर्ति सुनिश्चित गर्नको लागि बक्सा टाइगर प्रोजेक्टमा 52 वटा चीतल हिरणहरूलाई छोड़िएको छ। यी हिरणहरूलाई बेथुदाहारी वन्यजीव अभयारण्यबाट बक्सामा ल्याइएको हो।
वास्तवमा बक्साको जंगलमा साँभर जातिका केही हिरणहरू छन्। यीमध्ये चीतल हिरण बाघहरूको मुख्य आहार हो जसको संख्या बक्सरमा थोरै मात्र छ। वन विभागले यस अभावलाई पूरा गर्नको लागि राज्यका विभिन्न अभ्यरण्यहरूबाट बक्सामा चीतल हिरणहरूलाई ल्याउनेयोजना बनाएको छ जसान्तर्गत बुधवार वन विभागका अधिकारीहरूको उपस्थितिमा 52 वटा चीतल हिरणहरूलाई बक्सा टाइगर प्रोजेक्टको राजाभातखावा जंगलको कोर एरियामा छोड़ियो।
