कोलकाता, 07 दिसम्बर (हि.स.)। बंगाल विधानसभामा नेता प्रतिपक्ष एवं वरिष्ठ भाजपा विधायक शुभेन्दु अधिकारीले मुख्यमन्त्री ममता ब्यानर्जीको भतीज अभिषेक ब्यानर्जीमाथि गम्भीर आरोप लगाएका छन्। उनले सम्पूर्ण राज्यमा केवल दुई लाख 20 हजार जनाको निम्ति मात्र वृद्धा पेन्शन आवण्टन भएको बताएका छन्। त्यसमा पनि दक्षिण 24 परगनाको डायमन्ड हार्बरमा 70 हजार जनालाई वृद्धा पेन्शन प्रदान भइरहेको उनले दाबी गरेका छन्।
उनले मुख्यमन्त्रीको भतीज यहॉंबाट सांसद रहेको र उनलाई जिताउन राज्य सरकारले सम्पूर्ण शक्ति लगाएको बताएका छन्। अभिषेक ब्यानर्जीले जनवरी महिनासम्म आफ्नो निर्वाचन क्षेत्रका 70 हजार वंचित लाभार्थीहरूलाई वृद्धावस्था भत्ता दिन पहल गरेका छन्। शुभेन्दु अधिकारीले बिहिवार विधानसभामा प्रेस कन्फ्रेन्स गरेर अभिषेकको पहलमाथि प्रश्न उठाए। उनले भने, भतीजले जित्नै पर्छ। यस कारण राज्यका दुई लाख 20 हजार वृद्धावस्था भत्तमा 70 हजार डायमन्ड हार्बरलाई आवण्टित गरिएको छ।
शुभेन्दुले अझ भने, भारत सरकारले वृद्धावस्था भत्ता दिन्छ। यसलाई पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीले शुरू गरेका थिए। नरेन्द्र मोदीको सरकारले यसलाई बढाएर एक हजार रूपियॉं गरेको छ। यसमा आठ सय रूपियॉं केन्द्रले दिन्छ। पंचायत चुनाउसम्म राज्यमा 12 लाख 64 हजार जनाले वृद्धावस्था पेन्शनको निम्ति आवेदन गरेका थिए। ममता ब्यानर्जीले आफ्ना बीडीओहरूसॅंग, जसमा 50—60 प्रतिशत जाली बीडीओ छन्, ले निकै फर्जीवाडा गरेका छन्। ती बीडीओद्वारा सर्वे गराउॅंदा 2.20 लाख वृद्धा पेन्शन स्वीकृत भएको थाहा लागेको छ।
हिन्दुस्थान समाचार
