गान्तोक, 07 दिसम्बर (हि.स.)। मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा योगदान दिन क्रम जारी रहेको छ। यस क्रममा क्यापिटल युनिवर्सिटीले 11 लाख 11 हजार 111 रूपियॉं सीएमआरएफमा योगदान दिएको छ। यसैगरी, तादोङ निवासी क्याप्टन रवि अग्रवालले पनि सीएमआरएफमा एक लाख रूपियॉं योगदान दिएका छन्।
उनीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई भेट गरेर चेक हस्तान्तरण गरेका छन्। मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमा उक्त जानकारी दिएका छन्। मुख्यमन्त्रीले भनेका छन्, उनीहरूका उदारता र समर्थन अमूल्य छन् र यसले कठिनाइमा परेकाहरूलाई सहयोग गर्ने सरकारको अभियानमा निर्णायक भूमिका निर्वाह गर्नेछ।
हिन्दुस्थान समाचार/बिशाल
