कोलकाता, 23 जनवरी (हि.स.)। भारतीय स्वतन्त्रता संग्रामका अमर सपूत नेताजी सुभाष चन्द्र बोसको जयन्तीमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनलाई श्रद्धाञ्जलि दिएकी छन्। मंगलवार बिहान मुख्यमन्त्रीले नेताजीको फोटोका साथ एउटा पोस्ट माइक्रो ब्लगिङ्ग साइट एक्समा लेखेकी छन्।
उनले लेखेकी छन्, ‘सम्पूर्ण विश्वका गौरव नेताजी सुभाष चन्द्र बोसको जयन्तीमा उनलाई श्रद्धाञ्जलि एवं प्रणाम।’ नेताजी सुभाष चन्द्र बोसको जन्म 23 जनवरी, 1897 मा ओडिसाको कटकमा एक बंगाली परिवारमा भएको थियो। भारतलाई अंग्रेजहरूको गुलामीबाट मुक्त गर्न उनको ठूलो योगदान थियो। ‘तिमी मलाई खून देउ, म तिमीलाई स्वतन्त्रता दिन्छु’, ‘जय हिन्द, जय भारत’ र ‘दिल्ली चलो’ जस्ता नाराका साथ उनले देशका युवाहरूमा देशभक्तिको दियो जलाएका थिए।
स्वतन्त्रताको लडाईमा पहिले महात्मा गॉंधीसॅंग, पछि अलग्गै भएर नेताजीले अंग्रेजहरू विरूद्ध लड्ने योजना बनाए। उनले 1939 मा फरवर्ड ब्लकको स्थापना गरे अनि यसपछि 1943 मा आजाद हिन्द फौजको गठन गरेर अंग्रेजहरू विरूद्ध सशस्त्र लडाई लडे।
हिन्दुस्थान समाचार/भवानी
