गुवाहाटी, 24 अक्टोबर। गुवाहाटी पुलिसले विजयादशमीको अवसरमा मंगलवार विशेष दिशा निर्देश जारी गरेको छ। गुवाहाटी शहरमा यातायातको भीडलाई नियन्त्रित गर्न शहरको पुलिसले यो निर्देश जारी गरेको हो।
निर्देशानुसार विसर्जन वाहन दिउॅंसो 12 बजीदेखि विसर्जन स्थल जान सक्नेछ। केवल मूर्ति विसर्जन वाहन हाई कोर्टको बाटो लाचितघाट जान सक्नेछ। मूर्ति विसर्जनको वाहनलाई उलुबारी, टीसी रोडमा जान दिइने छैन।
यस अतिरिक्त, बी बरुवा रोड मूर्ति विसर्जन वाहनहरूको निम्ति बन्द रहनेछन्। पुलिसले एउटा निर्देशमा भनेको छ, पांडू जाने कुनै पनि वाहनलाई मालीगाउॅंदेखि जाने अनुमति दिइने छैन।
