कोलकाता, 12 दिसम्बर (हि.स.)। भाजपा नेता अमित मालवीयले शुक्रवार सोशल मीडिया साइट एक्समा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि चर्को प्रहार गरेका छन्। मालवीयले आरोप लगाए, ममता ब्यानर्जीले फेरि एकपटक भ्रामक बयानबाजीको सहारा लिइन्। उनले भने, मुख्यमन्त्रीले अन्तिम दिन आफ्नो एन्युमरेशन फारम भरिन् जबकि केही घण्टाअघि मात्र उनले कृष्णनगरको ऱ्यालीमा फारम नभर्ने दाबी गरेकी थिइन्।
अमित मालवीयले आफ्नो पोस्टमा लेखे, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले फेरि एकपटक भ्रमित पार्ने आफ्नो प्रवृत्ति देखाएकी छन्। उनले अन्तिम दिन विधिवत रूपमा आफ्नो फारम भरेर हस्ताक्षर गरी एन्युमरेशन फारमलाई जमा गरिन्, तर केही घण्टा अगाड़ि मात्र उनले फारम नभर्ने झुटो दाबी गरेकी थिइन्।
मालवीयले अझ भने, महिनौंसम्म गलत सूचना फैलाउने अनि पश्चिम बंगालका मतदाताहरूलाई भ्रमित पार्ने प्रयास गरिसकेपछि ममता ब्यनर्जीले अन्ततः 11 दिसम्बर, 2025-को दिन आफ्नो एसआईआर एन्युमरेशन फारम जमा गरिन् ताकि पश्चिम बंगालको वैध मतदाता भइरहन सकोस्।
भाजपा नेताले दाबी गरे, बंगाालका जनताले ममता ब्यनर्जीको नाटकमाथि ध्यान दिएनन् र लगभग सय प्रतिशत मतदाताहरूले आफ्नो फारम भरेर जमा गरिसकेका छन्। उनले भने, यस व्यापक सहभागिताको कारणले चुनाउ आयोगलाई राज्यमा यस प्रक्रियाको समय-सीमालाई बढ़ाउने आवश्कतै परेन।
मालवीयले भने, यो सम्पूर्ण प्रकरणले स्पष्ट रूपमा साबित गर्दछ कि बंगालका मतदाताहरूले अब ममता ब्यनर्जीद्वारा फैलाइएको झुटमाथि भरोसा गर्दैनन्। टीएमसी सरकारको समाप्तिको तारिक द्रूत गतिमा नजिकिँदै गइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
