नयाँ दिल्ली, 12 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ कांग्रेस नेता शिवराज पाटिलको निधनमा शोक व्यक्त गरेका छन्। उनले भने, पाटिलले आफ्नो लामो सार्वजनिक जीवनमा समाज र राष्ट्र सेवालाई सर्वोच्च प्राथमिकता दिए। शिवराज पाटिलको निधन राजनीति र समाजको लागि अपूरणीय क्षति हो। उनले पाटिलसँगको आफ्नो वर्षौं पुरानो अनेक अन्तरक्रियालाई सम्झे र केही महिनाअघि पाटिलले उनलाई उनको निवासमा भेटेको उल्लेख गरे।
प्रधानमन्त्रीले शिवराज पाटिलले विधायक, सांसद, केन्द्रिय मन्त्री, महाराष्ट्र विधान सभाका अध्यक्ष र लोकसभाका अध्यक्षको रूपमा महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गरेको बताए। सार्वजनिक जीवनमा उनको प्रतिबद्धता, सामाजिक कल्याणप्रतिको उनको समर्पण र लोकतान्त्रिक मूल्यमान्यतामा उनको अटल विश्वास सदैव याद गरिनेछ। प्रधानमन्त्रीले पाटिलको परिवारप्रति समवेदना व्यक्त गर्दै उनको आत्माको शान्तिको लागि ईश्वरसित प्रार्थना गरे।
हिन्दुस्थान समाचार / भवानी थामी
