डिमा हसाउ, 08 जनवरी (हि.स.)। 13औं उत्तर कछार पर्वतीय स्वायत्तशासी परिषद (एनसीएचएसी) चुनाउको निम्ति डिमा हसाउमा मतदान आज बिहान 8 बजीदेखि शुरू भयो। डिमा हसाउ जिल्लाका 28 निर्वाचन क्षेत्रहरूमा मतदान हुनु थ्ज्ञियो, तर दुई उम्मेदवार निर्विरोध निर्वाचित भएपछि 22 सीटमा आज मतदान भयो।
कुल 280 मतदान केन्द्रमा 100 केन्द्रलाई संवेदनशील र 27 केन्द्रलाई अति संवेदनशीलको रूपमा चिन्हित गरिएको छ। यी केन्द्रहरूमा सुरक्षा बलहरू व्यापक रूपमा तैनात गरिएका छन्। यो चुनाउमा ईवीएमको उपयोग गरिएको छैन। पर्याप्त संख्यामा ईवीएमको उपलब्धतामा नरहेकाले मतपेटी र मतपत्रहरूको प्रयोग गरिएको छ।
असमका मुख्य चुनाउ अयुक्त आलोक कुमारले भने, भविष्यमा ईवीएमको उपलब्धतालाई लिएर इलेक्ट्रोनिक कर्पोरेशन अफ् इण्डिया र सरकारी सार्वजनिक उपक्रमहरूसॅंग चर्चा चलिरहेको छ।
मतदाताहरूको संख्या एक लाख 41 हजार 124 रहेका छन्, जसमा पुरुष र महिला मतदाताहरूको संख्याय समान रहेको छ। 2019 मा भएको परिषद चुनाउको तुलनामा भोटरहरूको संख्यामा 15.45 प्रतिशत वृद्धि भएको छ। भोटको गन्ती आगामी 12 जनवरी बिहान 8 बजीदेखि शुरू हुनेछ भने परिणाम पनि सोही दिन घोषणा गरिने छ।
हिन्दुस्थान समाचार/भवानी
