गुवाहाटी, 06 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज भारतका संविधान निर्माता डा. भीमराव रामजी अम्बेडकरको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले भने, डा. अम्बेडकर एक जना दूरदर्शी न्यायविद, कुशल राजनेता औं सामाजिक समरसताका प्रबल समर्थक थिए जसले समानता, बन्धुत्व औ एकताका आदर्शहरूमाथि आधारित एक भेदभावरहित समाजको जग बसाले। उनको आदर्श आज पनि राष्ट्रको लागि प्रेरणाश्रोत भएको छ।
डा. सरमाले आफ्नो सोशल मीडिया सन्देशमा भने, भाारतीय लोकतन्त्रमा न्याय तथा समानतालाई मूल सिद्धान्त बनाउनमा डा. अम्बेडकरको बौद्धिक साहसले आज पनि देशको सामाजिक चेतनालाई दिशा दिन्छ। चैत्यभूमिको स्मरणले यस कुरालाई प्रेरित गर्दछ कि अम्बेडकरको दृष्टि इतिहास मात्र नभएर हाम्रो वर्तमान अनि भविष्यको पनि नैतिक आधारशिला हो।
मुख्यमन्त्रीले अन्तमा “जय भीम” भन्दै उनलाई नमन गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
