रांची, 08 अगस्त (हि.स.)। देवघरको विश्व प्रसिद्ध बाबा वैद्यनाथ धाममा श्रद्धालुहरूको भीड दिनदिनै बढ्दै गइरहेको छ। शुक्रवार बिहान 4:09 बजीदेखि मन्दिरको पट खोलिनसाथ जलार्पण शुरू भयो। सबै श्रद्धालुहरूलाई बीएड कलेजबाट तिवारी चौक, शिवराम झा चौक, नेहरू पार्क, क्यू कम्प्लेक्स हुॅंदै जिल्ला प्रशासनको तर्फबाट कडा सुरक्षाबीच जलार्पण गरॉंइदैछ। सबै कांवडीहरू लाइनबद्ध भएर बाबाको जयघोष गर्दै जलार्पण गरिरहेका छन्।
कांवडीहरूले सुल्तानगंजबाट जल लिएर 105 किलोमिटर पैदल यात्रा गर्दै देवघरको बाबा वैद्यनाथ धाम पुगेर जलार्पण गर्छन्। जिल्ला प्रशासन अनुसार, सावन मेलामा अहिलेसम्म 53 लाख 91 हजार 871 भन्दा धेरै श्रद्धालुहरूले बाबा वैद्यनाथमा जलार्पण गरेका छन्। देशको हरेक कुना र विदेशबाट पनि भक्तहरू भोलेनाथलाई जलार्पण गर्न आइरहेका छन्।
उपायुक्त नमन प्रियेश लकडा र पुलिस अधीक्षक अजित पीटर डुंगडुंगले मन्दिर परिसर र रूट लाइनको जायजा लिइरहेका छन्। एसपीले भने, मन्दिर र मेला क्षेत्रमा कुल 564 मजिस्ट्रेट र 9650 पुलिस बल तैनात गरिएका छन्। साथै, सीआरपीएफको चार कम्पनी, दुई एसपी, एनडीआरएफको टीम पनि लगाइएको छ।
उपायुक्तले भने, मेलामा 101 स्थानहरूमा श्रद्धालुहरूको आवासनको व्यवस्था गरिएको छ। मेलामा कुल 81 चिकित्सक र 449 प्यारा मेडिकल स्टाफ खटाइएका छन्। श्रद्धालुहरूको लागि 50 एम्बुलेन्स पनि तैनाथ छन्।
अहिलेसम्म मन्दिरलाई 7,36,44,295 रूपियॉं आयको रूपमा प्राप्त भएको छ। मन्दिर र मेला क्षेत्रको निगरानीको लागि 765 सीसीटी क्यामेरा, 200 एआई क्यामेरा र 10 ड्रोन क्यामेरा कार्यरत छन्। यसैगरी, श्रावणी मेलामा अनलाइन च्याट बोर्ड क्यूआर कोडबाट प्राप्त 782 शिकायतहरूको निष्पादन गरिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी
