कोलकाता, 25 नोभेम्बर (हि.स.)। महानगर कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा जाडो शुरू भइसकेको छ। गत एक हप्ताको ह्रासपछि शनिवार एकपल्ट फेरि तापक्रममा हल्का वृद्धि दर्ता गरिएको छ। यद्यपि, राज्यभरि नै कुहिरो पनि बढ़ेको छ।
मौसम विभागले शनिवार जारी गरेको बयान अनुसार, न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस छ जुन सामान्यभन्दा एक डिग्री धेरै हो। शुक्रवार यो 18 डिग्री सेल्सियस थियो। अधिकतम तापक्रम 28 डिग्री सेल्सियस छ जुन सामान्यभन्दा एक डिग्री कम हो। राज्य सॉंझ पर्न थालेपछि र बिहान सूर्योदयसम्म कुहिरो लाग्ने गरेको छ।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा, मुर्शिदाबाद, झाड़ग्राम र बर्दवानमा पनि जाडो बढेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा जाडो निकै बढिसकेको छ।
हिन्दुस्थान समाचार/भवानी
