
– दिल्लीको मण्डी हाउसस्थित श्रीराम सेन्टरमा 29 नोभेम्बरमा आयोजना हुनेछ विशेष समारोह
नयाँ दिल्ली, 25 नोभेम्बर (हि.स.)। डा. मङ्गलम स्वामीनाथन फाउण्डेशनले वर्ष 2023 -को लागि पत्रकारिता, विज्ञान रिपोर्टिङग, कला औ संस्कृति, चिकित्सा, दूराचार जाँच तथा सामाजिक सेवामा उत्कृष्टता सहित विभिन्न क्षेत्रमा छः प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरूको घोषणा गरेको छ। यो पुरस्कार आगामी 29 नोभेम्बरको साँझ 5 बजे दिल्लीको मण्डी हाउसस्थित श्रीराम सेन्टरमा एक विशेष समारोह आयोजना गरी प्रदान गरिनेछ।
फाउण्डेशनका चेयरम्यान डा. आर. बालाशङ्करले बताए, विज्ञान रिपोर्टिङ्गमा राष्ट्रिय राजनीतिक विमर्शमा योगदान दिए बापत दूरदर्शन (दिल्ली)- का वरिष्ठ सल्लाहकार सम्पादक एवं एङ्कर अशोक श्रीवास्तवलाई डा. मङ्गलम स्वामीनाथन राष्ट्रिय पुरस्कार- 2023 प्रदान गरिनेछ। उनलाई यो पुरस्कार उत्कृष्टता औ अनुसन्धान तथा विज्ञान एवं प्रौद्योगिकीको श्रेणीमा दिइनेछ।
यसरी नै पत्रकारितामा उल्लेखनीय योगदान दिए बापत मनोरमा टीभीका निदेशक जनी लुकोस, कला एवं संस्कृतिको क्षेत्रमा दैनिक मातृभूमि (कोझिकोड)- का आर्ट एडिटर पीवी मदनमोहनन, कला एवं सङ्गीतको क्षेत्रमा दक्षिण भारतका अग्रणी पार्श्व गायक एमजी श्रीकुमार, चिकित्सा दूराचार जाँच औ उच्च पदहरूमा व्याप्त भ्रष्टाचारलाई उजागर गरेकोमा वेब मीडिया मरूनादन मलयालीका संस्थापक एवं एडिटर-इन-चीफ साजन सकारियालाई सम्मानित गरिनेछ।
यस अतिरिक्त समाज सेवाको क्षेत्रमां उल्लेखनीय कार्य गरे बापत स्वामी चैतन्यानन्द स्वामी मदुरानन्द, वेल्लिमलाई श्री विवेकानन्द आश्रम, कालापडी, तमिलनाडुलाई ”श्री दत्तोपन्त ठेँगड़ी सेवा सम्मान-2023”-द्वारा सम्मानित गरिनेछ। यस कार्यक्रमको अध्यक्षता पूर्व केन्द्रिय मानव संसाधन विकास मन्त्री डा. मुरली मनोहर जोशीले गर्नेछन्। कार्यक्रममा मुख्य अतिथिका रूपमा केन्द्रिय विधि एवं न्याय मन्त्री अर्जुन राम मेघवाल औ विशिष्ट अतिथिका रूपमा केन्द्रिय जल शक्ति राज्यमन्त्री प्रह्लाद सिंह पटेल समेत धेरैजना गण्यमान्य व्यक्तिहरू उपस्थित रहनेछन्।
वास्तवमा डा. मङ्गलम स्वामीनाथन फाउण्डेशनले पत्रकारिता, समाज सेवा सहित विभिन्न क्षेत्रहरूमा उत्कृष्ट कार्य गर्नेहरूलाई प्रतिवर्ष सम्मान जनाउँदै आइरहेको छ। वरिष्ठ पत्रकार एवं पूर्व राज्यसभा सदस्य आरके सिन्हालाई वर्ष 2020- को पत्रकारितामा उत्कृष्ट योगदान दिएकोमा ”डा. मङ्गलम स्वामीनाथन” पुरस्कारद्वारा सम्मानित गरिएको थियो। वरिष्ठ पत्रकार श्रीराम जोशीलाई वर्ष 2021- को लागि पत्रकारितामा उत्कृष्ट योगदान दिए बापत ”डा. मङ्गलम स्वामीनाथन” पुरस्कारद्वारा सम्मानित गरिएको थियो।
मलयालम मनोरमाका वरूघिस थमस र शलभ उपाध्यायलाई क्रमशः वर्ष 2020 तथा वर्ष 2021 -को लागि विज्ञान पत्रकारितामा उत्कृष्ट योगदानको निम्ति फाउण्डेशनद्वारा सम्मान जनाइसकिएको छ। भारत विकास परिषदलाई देशभरिमा सेवा एवं संस्कार कार्यहरूमा उत्तम योगदान पुऱ्याएकोमा फाउण्डेशनले सम्मानित गरिसकेक छ। गत वर्ष दैनिक जागरणका राष्ट्रिय सम्पादक विष्णु त्रिपाठीलाई पत्रकारितामा उत्कृष्ट योगदान दिए बापत फाउण्डेशनद्वारा सम्मानित गरिएको थियो।
हिन्दुस्थान समाचार/उष्णता
