
नयाँ दिल्ली, 25 नोभेम्बर (हि.स.)। विश्व हिन्दू काङ्ग्रेस- 2023 आजदेखि ब्याङ्ककमा शुरू भयो। यस वैश्विक मञ्चमा हिन्दू नेता, विचारक औ प्रभावशाली व्यक्तित्वहरूले एकत्रित भएर आफ्नो विरासतको उत्सव मनाउँदछन्। यस अवसरमा आरएसएसका सरसङ्घचालक मोहन भागवतले भने, जय (विजय)- को अर्थ सबैलाई साथमा लिएर हिँड़्नु हो।
आज छत्रपति शिवाजी महाराज हल (रयल जुबली इम्प्याक्ट कन्भेन्शन सेन्टर), ब्याङ्ककमा सो समारोहको उद्घाटन गरियो। विश्वभरिका 61 वटा देशहरूबाट 2000 प्रतिनिधिहरू सो कार्यक्रममा सम्मिलित हुन यहाँ आएका छन्। तीन दिवसीय यस आयोजनमा हिन्दू सङ्गठन, मन्दिर औ सङ्घ, हिन्दू इकोनमिक फोरम हिन्दू मीडिया फर्म, हिन्दू पलिटिकल फर्म, हिन्दू यूथ फर्म तथा हिन्दू वूमेन फोरमसित सम्बन्धित विषयहरू समावेश रहनेछ।
आजको प्रारम्भिक सत्रमा राष्ट्रिय स्वयंसेवक सङ्घका सरसङ्घचालक मोहन भागवतले आफ्नो उद्बोधनी सम्भाषण राख्दै यस लामो यात्रामा धर्मको भूमिकामाथि प्रकाश पारे। उनले जयको अर्थ बुझाए। उनले भने, यो कसैमाथि विजय प्राप्त गर्नु वा उसलाई आफ्नो अधिग्रहणमा ल्याउनु होइन। जयको अर्थ हो सबैलाई एकसाथ जोड़्नु।
मोहन भागवतले विजयका तीनवटा रूपहरू क्रमैले तमस, राजस र सतमाथि आफ्नो विचार राखे। उनले भने, तमसमा अरूको विनाश, राजस्वमा अरूको संसाधनमाथि कब्जा गरिन्छ। भारतको विजय सतमा छ जसमा धर्मको प्रधानता होस्।
आज यस अवसरमा माता अमृतानन्दमयी देवी, भारत सेवाश्रम सङ्घका स्वामी पूर्णात्मानन्द महाराज औ हिन्दू धर्मका सतगुरू बोधिनाथ वेयलानस्वामीलाई हिन्दू समाजमा उनीहरूले पुऱ्याएको उल्लेखनीय योगदानको निम्ति सम्मानित गरियो। यस अवधि थाईल्याण्डका प्रधानमन्त्री श्रेथा थाविसिनको एक विशेष सन्देश पढ़ेर सुनाइयो। उनले भने, “थाईल्याण्डलाई विश्व हिन्दू काङ्ग्रेस- 2023 को आतिथ्य गर्ने सम्मान प्राप्त भएको छ जसले सिद्धान्त अनि हिन्दू धर्मको मूल्यद्वारा बाँधिएका विश्वभरिका व्यक्तिहरूलाई एक ठाउँमा ल्याउँछ। यो सभाले हामीलाई हाम्रो साझा धार्मिक विरासतको उत्सव मनाउने अनौठो अवसर प्रदान गर्दछ।”
हिन्दुस्थान समाचार/उष्णता
