खरसाङ, 13 जनवरी (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीको फेयर ट्रेडकाे वार्षिक सभा सम्पन्न भएको छ। उक्त सभा तीनधारे चियाबारीको जेनरल म्यानेजर नितिशचन्द्र विश्वासकाे अध्यक्षतामा चियाबारीको कारखानामा सम्पन्न भयाे। सभामा 2023 मा अवकाशप्राप्त हुने 11 जना स्टाफहरू अनि चिया श्रमिकहरूलाई स्मृति चिन्ह्र मुख्य प्रबन्धक नितिश विश्वासकाे बाहुलीबाट प्रदान गरियाे।
सभामा स्वागत सम्भाषण सह प्रबन्धक प्रशान्त वटबराऊलीले राखेका थिए। सचिवकाे प्रतिवेदन बगानको बढ़ाबाबु कञ्चन तामाङले राखे। सभामा अवकाशप्राप्त पीएफ बाबु सनबहादुर तामाङले वक्तव्य राखे भने कुमार तामाङले फेयर ट्रेड कमिटीको पक्षबाट कुरा राखे। कार्यक्रममा सक्षम मंगर, विधान तामङले गीत प्रस्तुत गरे पेडेन तामाङले नृत्य र श्रमिककाे पक्षबाट साजन तामाङ र संकल्प तामाङले कविता वाचन गरेका थिए।
कार्यक्रमलाई सह प्रबन्धक सुकुमार बराइलीले सञ्चालन गरेका थिए।कार्यक्रममा तीनधारे चियाबारीको आदिवासी समुदायको अवकाशप्राप्त कर्मचारी जगदेव प्रधानको निधनमा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरियो। अध्यक्षीय सम्भाषणमा नितिश विश्वासले तीनधारे चियाबारीलाई प्रगतिकाे मार्गमा अघि बढाउनमा श्रमिक लगायत स्टाफहरुकाे याेगदान रहेकाे कुरा बताएका थिए।
हिन्दुस्थान समाचार/हनोक
