रायपुर, 13 जनवरी (हि.स.)। राज्यको तीन दिवसीय दौड़ाहमा गए शुक्रवार रायपुर आइपुगेका केन्द्रियमन्त्री गिरिराज सिहले भने, राहुल गान्धीले न्याय यात्राको सट्टा ज्ञान यात्रा गर्नुपर्छ। कुनै न कुनै गाउँमा उनलाई कोही न कोहीबाट अवश्य ज्ञान प्राप्त हुनेछ। हवाईअड्डामा उनली उपमुख्यमन्त्री विजय शर्मा सहित अन्य जनप्रतिनिधिहरूले स्वागत गरे।
केन्द्रिय ग्रामीण विकास एवं पञ्चायती राजमन्त्री गिरिराज सिंहले राज्यको पूर्ववर्ती बेघल सरकारको आलोचना गर्दै भने, यहाँका ग्रामीणहरूलाई पुरानो सरकारले जसरी लुटेको छ त्यसलाई ठिक बनाउन आएको हुँ। छत्तीसगढ़ सरकारले कसरी उत्कृष्ट काम गर्नसक्छ त्यसलाई लिएर सबैसित बैठक गरेर आगामी कार्यवाही गरिनेछ। कंग्रेस नेताहरूको अयोध्या नजाने फसेलालाई लिएर गिरिराज सिंहले भने, कंग्रेस हिन्दू विरोधी रहिआएको छ। कंग्रेसको डीएनएमा हिन्दू विरोध छ। कंग्रेसले 70 वर्षसम्म झुण्डाउने र भड़काउने काम मात्र गऱ्यो।
केन्द्रियमन्त्री गिरिराज सिंह 13-देखि 15 जनवरीसम्म छत्तीसगढ़ प्रवासमा रहनेछन् भने यसावधि उनी धेरैवटा कार्यक्रमहरूमा सामेल हुनेछन्। यहाँ उनले विभागीय अधिकारीहरूसित बैठक गरी केन्द्रिय योजनाहरूमाथि समीक्षा गर्नेछन्।
हिन्दुस्थान समाचार/उष्णता
