पाकिम, 17 अक्टोबर (हि.स.)। उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा फसेका मानिसहरूलाई निकाल्ने कार्य जारी रहेको छ। यस क्रममा मंगलवार बिहान भारतीय वायु सेनाको चिनूक र एमआई-17 हेलिकप्टर दिनको दोस्रो उडान भर्दै लाचेन र लाचुङबाट फसेका मानिसहरूलाई पाकिम ग्रीनफिल्ड हवाई अड्डामा अवतरण गरेको छ।
आईपीआर विभाग अनुसार, लाचेनबाट 56 मजदुर र 15 जना नागरिक तथा लाचुङबाट दुई नागरिक र 18 सैन्य कर्मी उद्धार गरिएको छ। यस अतिरिक्त, पवन हंस हेलिकप्टरले पेगोङबाट पॉंचजना स्थानीय मानिसहरू लिएर ग्रीनफिल्ड हवाई अड्डा अवरण गरेको बताइएको छ।
हिन्दुस्थान समाचार/बिशाल
