गान्तोक, 07 अप्रेल: उत्तर सिक्किमको चुङथाङ लाचुङ मार्गमा भएको एक सड़क दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा अन्य पॉंच गम्भीर रूपले घाइते भएका छन्। यो दुर्घटना हिजो घटेको हो।
पुलिस रिपोर्ट अनुसार, एउटा टुरिस्ट वाहन बीओपी छेउ दुर्घटनामा परेर सड़कदेखि लगभग 250 फीट तल झरेको छ। दुई व्यक्तिको दुर्घटना स्थलमै मृत्यु भएको छ। मृतकमा वाहन चालक बुद्धिमान थापा (33) पनि सामेल छन्। उनी असमको सोनितपुर निवासी थिए। दुर्घटनामा अन्य पॉंच पर्यटक गम्भीर रूपमा घाइते भएका छन्।
घाइते पर्यटकहरूलाई चुङथाङ पीएचसी लगिएको रिपोर्टमा उल्लेख छ। दुर्घटनाको कारण थाहा लागेको छैन। पुलिसले यस घटनाको सम्बन्धमा मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
