कोलकाता, 27 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकातामा फेरि एकपटक गोलीकाण्ड भएको छ। पुलिस अनुसार गए बुधवार राती 11 बजे कसबाको प्रान्तिक पल्ली क्षेत्रमा 18 वर्षीय अभिजीत नाइया नामक युवकमाथि गोली दागियो। गोली उसको देब्रे हतेलीमा लाग्यो। उसलाई शहरको एक निजी अस्पतालमा भर्ती गरिएको छ। घटनापछि क्षेत्रको सुरक्षा व्यवस्थालाई लिएर पुनः प्रश्नहरू उठान भइरहेका छन्।
पुलिस सूत्र अनुसार राती प्रान्तिक पल्लीमा दुईजना साथीहरूमाझ झगड़ा भयो र यसै अवधि गोली चलाइयो। जाँचकर्ताहरूको अनुमान छ, झगड़ा भइरहँदा अभिजीतसित रहेको अर्को युवकले गोली चलायो। स्थानीय मानिसहरूको भनाइ छ, गोलीकाण्डपूर्व दुईबीच चर्को बहस भइरहेको थियो।
पुलिसले घटनास्थलबाट खानाको प्याकेट र रक्सीको बोतल जफत गरेको छ। बिहीवार बिहान 9 बजेसम्म कसैलाई पक्राउ गरिएको थिए। साथै गोलीकाण्डको असली कारण पनि पत्तो लाग्न सकेको थिएन।
पछिल्लो वर्ष 15 नोभेम्बर, 2024-मा पनि कसबामा गोली चलेको थियो जतिबेला वार्ड नम्बर-108 का कान्सिलर सुशान्त घोषलाई लक्षित गरिएको थियो। त्यस मामिलामा बिहारबाट शुटरलाई बोलाइएको कुरा खुलासा भएको थियो। उक्त घटना भएको एक वर्ष पूरा हुन लाग्दा त्यै क्षेत्रमा केही टाड़ा मात्र फेरि गोली चल्नाले सुरक्षा व्यवस्थामाथि नयाँ शिराबाट प्रश्न उठिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
