टिस्टा, 24 अक्टोबर (हि.स.)। टिस्टा नदीमा आएको बाढी पीड़ितहरूसित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले यसपालीको दशैं मानएका छन्। गत 4 अक्टोबरमा टिस्टा नदीको बाढीको प्रकोपमा परेर अहिले राहत शिविरहरूमा रहेका बाढ़ी पीड़ितहरूसितै बसेर जीटीए प्रमुख अनित थापा र उनको टीमले यसपालीको दशैं मनाएका छन्।
उनले टिस्टाको राहत शिविरमा रहेका पीड़ितहरूसित सामूहिक रूपमा दशैं मनाउँदै पीड़ितहरूका हातबाट दशैंको टिका ग्रहण गरे। यस अवसरमा उनले सर्वप्रथम वरिष्ठ नागरिकहरूका बाहुलीबाट दशैंको टिका ग्रहण गर्दै आशीर्वाद लिए। त्यसपछि अन्य सबैको बाहुलीबाट पनि उनले दशैंको टिका ग्रहण गरे। थापालाई टिस्टा बाढी पीड़ितहरूले सत्रपत्रीको माला र टिका लगाएर स्वागत जनाएका थिए।
जीटीएको आपदा राहत कमिटीको आयोजनमा टिस्टामा दशैं पर्व पालन गरिएको थियो, जसमा जीटीए प्रमुख अनित थपासितै जीटीएका चेयरम्यान अञ्जुल चौहान, सभासदहरू नोरदेन शेर्पा, नवराज छेत्री, मणिप्रसाद राई लगीयत अन्य सभासदहरू र पदाधिकारीहरू उपस्थित रहेका थिए। अनित थापासितै अन्य सभासदहरूले पनि यसपालीको दशैं पर्व टिस्टाको बाढी प्रभावित पीड़ितहरूसित बसेर पालन गरेका छन्।
हिन्दुस्थान समाचार/हनोक
