
इटानगर, 17 दिसम्बर (हि.स)। अरूणाचल प्रदेशको तिरप जिल्ला अधिनस्थ लाजु सर्कलमा भारत-म्यान्मार सीमा नजिक गए शनिवार अपरान्ह लगभग तीन बजे पूर्व विधायक युमसेन माटेको गोली ठोकी हत्या गरियो। अरूणाचल प्रदेश पुलिसका पीआरओ रोहित राजभीर सिंहले माटेको हत्या भएको पुष्टि गरेका छन्।
अरूणाचल प्रदेश पुलिसका पीआरओ रोहित राजभीर सिंह अनुसार, माटेको हत्या गरिएको स्थान अन्तरराष्ट्रिय सीमादेखि केही घण्टा टाड़ा छ। पूर्व विधायकसित केही कार्यकर्ताहरू पनि थिए। माटे बाटोघाटोको भ्रमण गर्न गइरहेका थिए।
यसै अवधि एकजना व्यक्तिले उनलाई रोकेर एकान्तमा बातचित गर्ने इच्छा व्यक्त गऱ्यो। त्यसपछि माटे एक्लै ती व्यक्तिसित पहाड़ी क्षेत्रतिर गए। केही क्षण पश्चात कार्यकर्ताहरूले गोली चलेको आवाज सुने। दौड़ेर जाँदा युमसेन माटेलाई रगताम्मे अवस्थामा फेला परियो।
हिन्दुस्थान समाचार/उष्णता
