
अजमेर, 17 दिसम्बर (हि.स.)। राजस्थानको अजमेर शहरमा लोहागल रोडस्थित पेट्रोल पम्प नजिक गए शनिवार राती लगभग 11:30 बजे द्रूत गतिमा आइरहेको कार डिभाइजरसित ठोक्किएपछि आगोको पिण्डमा परिणत भयो। यस दुर्घटनामा तीनजना साथीहरूको जिउँदै जलेर मृत्यु भयो भने अन्य दुईजना जलेर गम्भीर रूपमा घाइते भएका छन्।
क्रिश्चियनगञ्ज थाना प्रभारी रविन्द्रसिंह खीँचीले बताए, उक्त दुर्घटनामा चौरसियावास निवासी सोहेल खान, वैशाली नगर निवासी जय साँखला औ कबीर नगर निवासी शक्ति सिंहको मृत्यु भएको छ। कबीर सिंह र जय साँखलाको कारभित्र जिउँदै जलेर मृत्यु भयो भने सोहेल खानको हस्पिटलमा उपचारको क्रममा मृत्यु भयो। लोहाखान निवासी कृष्णा मुरारी औ गुर्जर धरती निवासी उमेश कुमार गम्भीर रूपमा घाइते भएक छन्। उमेशलाई जयपुर रेफर गरिएको छ।
भनिन्छ, कारमा सवार जेएलएन हस्पिटलका वार्ड ब्वोइ प्रतापनगर निवासी कृष्णा मित्र उमेश र अन्य तीनजनासित पुष्कर गएका थिए। घर फर्किने क्रममा यो दुर्घटना भयो। कार बत्तिँदै गएर डिभाइडरमा ठोक्कियो। कारको गति यतिसाह्रो तीव्र थियो कि डिभाइडरमा ठोक्किएपछि कार विपरीत दिशातिर घुम्यो र त्यसमा आगो लाग्यो। कारमा आगलागी के कारणले भएको हो त्यस बारे अहिलेसम्म थाहा लाग्न सकेको छैन।
हिन्दुस्थान समाचार/उष्णता
