मुम्बई, 05 फरवरी : गुजरात पुलिसको आतंकवाद निरोधक दल (गुजरात एन्टी टेरोरिस्ट स्क्वायड (एटीएस)-ले भड़काउ भाषण दिएको आरोपमा मुस्लिम धर्मगुरू मौलामा मुफ्ती सलमान अजहरीलाई मुम्बईको घाटकोपर क्षेत्रबाट पक्राउ गऱ्यो। सुरक्षा कारणले गर्दा अजहरीलाई घाटकोपर पुलिस स्टेशनमै राखिएको छ। हाल उसलाई गुजरात लैजानको लागि कानूनी प्रक्रिया पूरा गरिँदैछ।
गुजरात एटीएसका एक अधिकारी अनुसार अजहरीमाथि गुजरातको जूनागढ़मा गत 31 जनवरीको दिन भड़काउपूर्ण भाषण दिएको आरोप छ। उक्त भाषणको भीडियो भायरल भएपछि मामिला दर्ता गरी कार्यक्रमका आयोजक मलिक र हबिबलाई पक्राउ गरिएको थियो। एक स्थानीय पुलिस अधिकारी मुताविक गए आइतवार गुजरात एजीएसको टीम सलमान अजहरीलाई पक्राउ गर्न उसको घाटकोपरस्थित घरमा पुगेको थियो। घर बाहिर ठूलो संख्यामा उका समर्थकहरू भेला भएका थिए। बुद्धिमताको साथमा गुजरात एटीएसले सलमान अजहरीलाई हिरासतमा लियो। उसलाई घाटकोपर पुलिस स्टेशनमा ल्याएर मामिला दर्ता गरेपछि पक्राउ गरियो। पुलिस अनुसार घाटकोपर थानाको वरिपरी अजहरीका समर्थकहरू अहिले पनि उपस्थित छन्। सबैलाई सम्झाउने प्रयास गरिँदैछ। मानिसहरूलाई सतर्क गराइएको छ कि कानून हातमा लिने प्रयास नगरियोस्।
आखिर को हो त मुफ्ती अजहरीः मौलाना मुफ्ती सलमान अजहरीले आफूलाई इस्लामी रिसर्च स्करल बताउँछ। उ जामिया रियाजुल जन्नाह, अल-अमान एजुकेशन एण्ड वेलफेयर ट्रष्ट औ दारूल अमानको संस्थापक हो। उसले काहिराको अल अजहर यूनिभर्सिटीबाट अध्ययन गरेको छ। उ आफ्नो भड़काउ भाषणहरूको कारणले धेरै पटक चर्चामा आइसकेको छ। उसले इस्लामी विद्यार्थीहरूमाझ कैयौं पटक उपदेश दिसकेको छ। जूनागढ़मा मौलाना मुफ्ती सलमान अजहरीले गत 31 जनवरीको राती ”बी” डिभीजन पुलिस थाना नजिकै अवस्थित खुल्ला मैदानमा आयोजित एक कार्यक्रममा भड़काउ भाषण दिएको थियो।
अजहरी र स्थानीय आयोजकद्वय यूसुफ मलिक र अजिम हबिब ओडेदारविरूद्ध भारतीय दण्ड संहिताको धारा 153बी और 505 (2) अन्तर्गत प्राथमिकी दर्ता गरिएको थियो। जूनागढ़मा मौलाना मुफ्ती सलमान अजहरीले भनेको थियो, अब कार्बलाको अन्तिम मैदान बाँकी छ। केही समयको मौनता हो, त्यसपछि फेरि हल्ला सुनिनेछ। आज समय छ, हाम्रो समय आउनेछ…! यस अवधि उसले धेरैवटा आपत्तिजनक शब्दहरू पनि प्रयोग गरेको थियो।
