कोलकाता, 5 फरवरी : पूर्व राष्ट्रपति रामनाथ कोविंदको नेतृत्वमा गठित एक राष्ट्र एक चुनाउ समितिको बैठकमा सामेल हुनका लागि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी दिल्ली गइरहेकी छन्। सोमवार उनी विधानसभाको बटेज सत्रको शुरूमा सामेल भएपछि दिल्ली जानेछन् अनि भोलि मंगलवार यो बैठक सम्पन्न हुनेछ।
एकैसाथ चुनाउको अवधारणामाथि असहमति व्यक्त गर्दै मुख्यमन्त्री ब्यनर्जीले गत महिना उच्च स्तरीय समितिलाई पत्र लेखेकी थिइन्, यो भारतको संवैधानिक व्यवस्थाको आधारभूत संरचनाको विरोधमा हुनेछ।
यद्यपि राज्यको लागि केन्द्रिय निधि जारी गर्ने मागलाई लिएर आयोजित धर्ना अवधि ब्यनर्जीले भनिन्- ””एक राष्ट्र एक चुनाउ””-माथि हुन गइरहेको बैठकको निम्ति उनी 5 फरवरीमा दिल्ली जानेछन्। उनीहरूले एउटा विशेषज्ञ समिति गठन गरेका छन् जसमाथि मेरो मत मागेको छ।
मुख्यमन्त्री ब्यनर्जीको दिल्ली यात्रा कंग्रेससित उनको पार्टीको सम्बन्धमा स्पष्ट तनाउ आएको बेलामा भइरहेको छ। ममताले पहिला नै घोषणा गरिसकेकी छन्, उनको पार्टीले राज्यमा एक्लै चुनाउ लड़्नेछ। उनले आम चुनाउमा देशभरिमा 40 वटा सीट हासिल गर्ने कंग्रेसको क्षमतामाथि सन्देह व्यक्त गरेकी थिइन्।
आफ्नो दिल्ली यात्राको सम्बन्धमा ममताले भनेकी छन्- म एक दिनको लागि दिल्ली जानेछु, तर राजनीतिको लागि होइन। 5 फरवरीको साँझ म दिल्ली तर्फ प्रस्थान हुनेछु र 6 फरवरीको अपरान्ह समितिको बैठकमा सामेल भएपछि फर्किनेछु। राज्यको बजेट सत्र आगामी 8 फरवरीमा विधानसभामा पेश गरिनेछ।
पूर्व राष्ट्रपति राम नाथ कोविंद नेतृत्वाधिन समितिलाई वर्तमान संवैधानिक ढाँचालाई मध्यनजर गर्दै लोकसभा, राज्य विधानसभाहरू, नगरपालिका एवं पञ्चायतहरूको लागि एकसाथ चुनाउ गराउने सिफारिस गर्ने काम सुम्पिइएको छ।
