कोलकाता, 05 फरवरी: महानगर कोलकाता लगायत राज्यका अन्य भागहरूमा मौसम सामान्य छ। यहाँको न्यूनतम तापमान सामान्यभन्दा 4 डिग्री अधिक 18.6 डिग्री सेल्सियस अनि अधिकतम तापमान 26.1 डिग्री सेल्सियस दर्ता गरिएको छ।
अलिपुरस्थित मौसम विभागद्वारा सोमवार जारी बयानमा बताइएको छ, अब बंगालमा जाड़ोको दोस्रो चरण शुरू हुँदैन। आगामी केही दिनसम्म सामान्य वर्षा हुनसक्छ। यसै त सोमवार आकाशमा बालद मड़ारिरहेको छ र बिहीवारसम्ममा सामान्य वर्षा हुने सम्भावना छ।
आगामी हफ्तेदेखि तापमान बिस्तारै बढ़्नेछ। कोलकाता अतिरिक्त हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, पुरूलिया, बाँकुड़ा समेत राज्यका अन्य भागहरूमा पनि यसरी नै तापमान बढ़्नेछ जसले गर्दा जाड़ोदेखि राहत पाइएको छ। उत्तर बंगालका अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ र कलेबुङमा पनि तापमान सामान्य छ।
